मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन : माधव नेपाल

२०७८ भाद्र १२, शनिबार १९:३७

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’

पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै पार्टी फुटाऔं, भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लागेको बताए ।

नेता नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै भने, ‘बलियो मोर्चा बन्न थालेपछि अगाडि बढ्नुस्, जो सुकैलाई प्रधानमन्त्री बनाए पनि हुन्छ, तर केपी शर्मा ओलीलाई फाल्नैपर्छ भनेर भन्ने उहाँहरु नै हो ।’

318 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal