वर्तमान सरकारले नै निर्वाचन गराउ छ: बाबुराम भट्टराई

२०७८ भाद्र ११, शुक्रबार २०:२७

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताउनुभयो ।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उहाँले भन्नुभयो, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।” उहाँले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताउनुभयो ।

डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आइपुग्नु भएको हो । जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

156 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal