ब्रह्माण्डको बिस्तार गति

२०७८ बैशाख १०, शुक्रबार ०३:१९

क्वेजार (Quasars) करोडौँ प्रकाश वर्ष टाढा स्थित आकासिय वस्तु हुन् जसले विशाल मात्रामा प्रकाश उत्पन्न गर्ने गर्छ र खगोलविद्हरू यसलाई cosmological theories अर्थात् ब्रह्माण्डको उत्पत्ति र विकासका सिद्धान्तहरू जाँच गर्न प्रयोग गर्ने गर्छन् |

अहिले University of Michigan र University of Hawaii’s Institute of Astronomy का शोधकर्ताहरू rate of expanding universe अर्थात् ब्रह्माण्डको बिस्तार गति नाप्ने नयाँ प्रविधिको विकास गर्दै छन् | उनीहरू intensity correlation speckles (इन्टेनसिटी कोरिलेसन स्पेकल्स) नामक प्रविधि प्रयोग गरी क्वेजारबाट उत्पन्न भएर दुई अलग बाटो हुँदै निरन्तर फैलिरहेको ब्रह्माण्डमा कयौँ कोस दुरी पार गरी तन्किँदै आएका प्रकाशको रेड सिफ्ट (red shift) को अन्तर छुट्टाएर ब्रह्माण्डको बिस्तार गति नाप्ने प्रयासमा छन् |

जब पृथ्वी र क्वेजार बिच कुनै विशाल आकाशगङ्गा (galaxy) को समूह पर्छ, क्वेजारबाट आउने प्रकाश पृथ्वी सम्म सिधा बाटो हुँदै अथवा आकाशगङ्गा समूहको अधिक गुरुत्वाकर्षणका कारण परिक्रमा गरेर पनि आउन सक्छ, आकाशगङ्गा समूहको परिक्रमा गरेर आउने प्रकाश सिधा बाटो हुँदै आउने प्रकाश भन्दा सयौँ वर्ष पछि आउन सक्छ | यसले क्वेजार लाई strongly lensed (स्ट्रंग्ली लेंस्ड) बनाउँछ जसले गर्दा हाम्रो आँखाले हेर्दा एउटा क्वेजार चार वटा जस्तो देखिने गर्छ |

सैद्धान्तिक रूपमा खगोलविद्हरू क्वेजारबाट उत्पन्न भएर आकाशगङ्गा समूहको परिक्रमा गरेर आउने प्रकाश र सिधा बाटो हुँदै आउने प्रकाशको रेड सिफ्टको अन्तर नाप्न सफल छन् तर प्रयोगात्मक रूपमा समय ढिलाइ देखिने गरेको छ | प्रकाशको रङ्गको समय परिवर्तन नापेर, दुई फरक बाटो हुँदै आएका प्रकाशको रेड सिफ्ट को अन्तर पत्ता लगाएर फेरी यसलाई ब्रह्माण्डको बिस्तार गति सँग तुलना गर्न भने एकै दशकको समयमा सम्भव भएको छैन |

143 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal