कविता : पृथ्वीको पुकार

२०७८ बैशाख ९, बिहीबार ११:११

समुन्द्रमा डुब्दै गरेका मेरा तनहरूलाई
ध्वजा ध्वजा भएर फाटिरहेका
मेरा यी पैतालाहरूलाई

म सोच्ने गर्थेँ
हाड र छालाले बनेका ती कङ्कालहरूले
जोगाउने छन् मेरो अस्तित्वलाई

निसास्सिँदै छु जब म हर दिन
फेर्न नसकी यहाँ श्वास
भोग्नु पर्ने यो पृथ्वीले किन ?
त मान्छेको दुष्कर्मको फल

विषै विषले भरेर घडाहरूमा
त अमृतको आस गर्छस्
सुन्दर मेरा कोखहरूलाई मासेर
त आफ्नो सन्ततिको दीर्घायुको कामना गर्छस्

म डुब्दा सँगै डुब्ने छन्
तेरा सन्तति पनि
म जल्दा म सँगै जल्ने छन्
तेरा सन्तति पनि

मलाइ जलाएर दिन दिनै
ओ मान्छे त कस्तो तमासा हेर्दै छस्
मेरो मृत्युसँगै आएको
त आफ्नो मृत्युलाई कसरी भुल्दै छस्

जोगा जोगा ए मान्छे मलाइ
यदि तँलाई यहाँ बाच्नु छ भने
सारा प्राणीको यो साझा घरमा
गर्छस् त मान्छे मात्र अहङ्कार किन ?

 

191 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal