तीन वर्षीया कुमारीद्वारा पुस्तक लोकार्पण

२०७८ भाद्र ४, शुक्रबार ११:०७

नीराजन पन्तद्वारा लिखित “म र मेरा” खण्डकाव्यको तीन वर्षीया कुमारी अपराजिताद्वारा गृहविमोचन गरिएको छ ।

बन्दाबन्दीको विषयवस्तु समेटिएको खण्डकाव्य “म र मेरा”भित्र तीन सर्गहरूमा आबद्ध छ । घर, म र परिवार शीर्षकका तीन सर्गहरूको केन्द्रीय कथ्य बन्दाबन्दीको समयमा आफू र आफन्तसँग सम्बन्धित रहेको छ । खण्डकाव्य महेश छात्र परिषद्ले प्रकाशित गरेको हो । प्रकाशन सहयोगीका रूपमा छात्र परिषद्का सदस्य सन्तोष गिरी रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक फणीन्द्रप्रसाद पौडेलको भूमिका रहेको कृतिको आजै एक कार्यक्रमका बीच गृहविमोचन भएको आयोजक संस्थाले जनाएको छ ।

पृष्ठसंख्या जम्मा ४० रहेको यस खण्डकाव्यको बजार मूल्य रू.५०/- राखिएको छ ।

127 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal