ग्रेस टाइम्स अनलाइनमा पनि

२०७८ भाद्र १, मंगलवार ११:४०

सकारात्मक पत्रकारिताका लागि” भन्ने नाराका साथ २०७० सालदेखि प्रकाशन भइरहेको ग्रेस टाइम्स मासिक अनलाईन संस्करणबाट पनि पढ्न सकिने भएको छ । साहित्यकार एवम् युवा राजनीतिकर्मी श्रीराम खाइजूको विशेष आतिथ्ययमा आज सो अनलाईनको विधिवत प्रकाशन शुरु गरिएको हो ।

ग्रेस टाइम्सका प्रकाशक तथा प्रवन्ध निर्देशक केशव लुइटेलले देशमा सकारात्मक पत्रकारिताको जग बसाल्ने प्रयासस्वरूप ग्रेस टाइम्स प्रकाशनमा आएको र अब सोही कार्य अनलाईनमार्फत् सूचना, संगीत, साहित्य, मनोरञ्जन, जनसरोकार लगायतका विषय दैनिक प्रकाशन हुने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि श्रीराम खाइजूले शुभकामना मन्तव्य दिँदै यस प्रयासमा आफ्नो साथ र सहयोग रहने बताउँदै सम्पूर्ण न्यायप्रेमी जनताले साथ दिने विश्वास व्यक्त गर्नु भयो । सञ्चारले सर्धै सत्य, तथ्यलाई जनतासामु ल्याउनुपर्ने भन्दै यसले देशको समुचित विकास हुने जिकिर गर्नु भयो  ।

त्यस्तै, पत्रकारितामा विद्यावारिधि गर्नुहुने पहिलो नेपाली कृष्ण किसी र ग्रेस टाइम्सका कार्यकारी सम्पादकले पनि आफ्नो मन्तव्य व्यक्त गर्दै अनलाईन आजको आवश्यता हो भन्ने जिकिर गर्दै युगसापेक्ष यसलाई अपडेट गर्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

ग्रेस एफएम १०७.६ मेगाहर्ज हुँदै ग्रेस टाइम्स साझा हालखबर, नेपाल प्रेस सोसाइटी (प्रेस क्लब) र अहिले ग्रेस टाइम्स अनलाईनसम्म पुगेको विवरण प्रस्तुत गर्दै कार्यक्रम सञ्चालक एवम् ग्रेस एफएमका कार्यक्रम निर्देशक एवम् समाचार प्रमुख रामगोपाल आशुतोषले निकट भविष्यमा आफ्नै युट्युब च्यानल र ग्रेस टिभी सञ्चालन हुने बताउनुभयो ।

174 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal