प्रतिबन्धका वाबजुद निर्बाध चलिरहेछ टिपर र ट्रयाक्टर

२०७८ श्रावण ३२, सोमबार १६:२४

प्रतिबन्धका वाबजुद मण्डनदेउपुर नगरपालिकाको वडा नं १० साथै नगरभित्रका कच्ची सडकमा हेभी सवारी साधन; टिपर र ट्रयाक्टर निर्वाध चलिरहेका छन् ।

टिपर र ट्रयाक्टरले गर्दा सडक क्षतविक्षत भएकोले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। स्कुल जाने बच्चा हिड्नदेखी घाँसका भारी एवं दूध बेच्न डेरी सम्म पुग्नको लगी किसानहरुलाई समस्या परेको छ। यसै सन्दर्भमा सेन्ट्रलखबरले  वडा न. १० का वडा अध्यक्ष बिष्णुमणि नेपाललसँग सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

मण्डनदेउपुर नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरपालिकाभित्रका कच्ची सडकमा हेभी सवारी साधन चलाउन रोक लगाएको हो । नगरपालिकाले बर्षातको समयमा क्षति न्यूनीकरण गर्न हेभी सवारी साधन चलाउन रोक लगाएको हो ।

No description available.

फोटो: फेसबुक

222 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal