प्रदेश २ को प्रमुखबाट राजेश झा अहिराज पदमुक्त; हरिशंकर मिश्र सिफारिस

२०७८ श्रावण ३२, सोमबार १४:२१

सोमबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई सिफारिस गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका– ३ का निवासी मिश्र नेपाली कांग्रेसमा सक्रिय छन् । मिश्र नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गिय रामनारायण मिश्रका छोरा हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

124 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal