अफगानिस्तानबारे दुनियाँभर मादल बज्दा पनि सरकार ब्युँझिएन : गोकुल ‍बाँस्कोटा

28

नेकपा एमालेका सांसद गोकुल ‍बाँस्कोटाले अफगानिस्तानमा अलपत्र परेका नागरिकको उद्धारमा सरकार उदासीन रहेको भन्दै सदनमा सरकारको विरोध गरेको छ ।

उनले संसदको विशेष समयमा बोल्दै सार्क राष्ट्रको अध्यक्ष मुलुकको हैसियतमा नेपालले केही नगरेको र आफ्नो नागरिकको रक्षाका लागि कुनै पहल नगरेको बताए । उनले भने, ‘  ‘अफगानिस्तानबारे दुनियाँभर मादल बज्दा पनि सरकार ब्युँझिएन । आफ्नो देशमा सरकार छ भन्ने कुरा नेपाली नागरिकले थाहा पाएनन्।’

अफगानिस्तानमा अलपत्र परेका नागरिकको उद्धार गर्न रुलिङ गर्न सभामुखसँग एमालेले माग गरेको छ ।

Facebook Comments Box