सान टीकापुरको आयोजनामा ‘अनलाइन महिला स्वास्थ्य सेमिनार ‘ समापन

48

TSAN टीकापुरले, WRR को सहयोगमा ‘ महिलाहरुको शरीर, कति रहस्यमय !’ मा आधारित महिला स्वास्थ्य अनलाइन सेमिनार समापन गरेको छ । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याख्यता र चिकित्सा विज्ञानमा पीएचडी गर्दै गरेकी मनिषा थापा यस कार्यक्रमको मुख्य वक्ताको रुपमा प्रशिक्षण गरेकी थिइन् । प्रशिक्षणमा उनले महिनावारिको समयमा हुने हर्मोनल चेञ्ज, मुड स्विन, अपनाउनुपर्ने सतर्कता, र सरसफ़ाइमा ध्यान दिनुपर्ने बताइन् । त्यसैगरि, गर्भवतिबेलामा आइपर्ने समस्या र यस्तो बेला ध्यान दिनुपर्ने कुराको बारेमा पनि प्रष्ट पारिन् । ६० जनाको सहभागिता रहेको यस कार्यक्रमको विशेष अतिथि WRR Admin अनु दुवाडिले “हामी महिलाहरु आफ़ुभित्र एउटा अर्को जिवन बोक्न सक्छौँ तर स्वास्थमा आउने समस्यालाइ कति सजिलै नजरन्दाज गरिदिन्छौँ ‘ भन्दै गुनासोसहित सबैलाई आफ़्नो स्वास्थप्रति ध्यान दिन आफ़्नो मन्तव्य बाटै आग्रह गरिन् ।

कार्यक्रममा उपस्थित अतिथि,प्रा स्रो व्य क ,टिकापुरका ने. वि. सघ अध्यक्ष भरत सिंह साउद र कैलाली युथ नेट्वर्कका अध्यक्ष शसित पाण्डेले पनि आफ़्नो मन्तव्य राखेका थिए । सान टीकापुर सह-सचिव सन्देश पौडेलको मिठो गीतसँग  सुरु भएको कार्यक्रमलाइ सान टिकापुरकी अध्यक्ष, कार्यक्रम संयोजक अमिता कडेलले समापन गरेकी थिइन् । प्रा स्रो व्य क,अनेरास्ववियु टिकापुरका अध्यक्ष शिशिर पाण्डे, IAAS Nepal AFU Tikapur का LD दया सुबेदीको उपस्थिति रहेको यस कार्यक्रमको सञ्चालन भने समीक्षा उपाध्यायले गरेकी थिइन् ।

Facebook Comments Box