न्युट्रन स्टारलाई पृथ्वीमा ल्याउने प्रयास

0 64

फेवातालको सबै पानी खुम्च्याएर सानो बोतलमा राख्ने सोचलाई के भन्नुहुन्छ ? सामान्यतया त्यो असम्भव सुनिन्छ, त्यति सानो ठाउँमा त्यति धेरै पानी कसरी अट्ला र ?

हामीले विद्यालयमा (Density) अर्थात् घनत्व भनेको कुनै बस्तु वा पदार्थको बाक्लोपन भनेर बुझेका थियौँ । कुनै बस्तु वा पदार्थलाई जति खुम्च्यायो त्यसको घनत्व त्यति नै बढ्दै जान्छ’ ।यस्तो अधिक घनत्व हाम्रै ब्रह्माण्डमा रहेका कयौँ पिण्डहरूमा देखिने विशेषता हुन् ।

न्युट्रन स्टार भनेका विशेष प्रकारका तारा हुन् यिनीहरू आकारमा साना हुन्छन्, यिनको (Diameter) अर्थात् ब्यास लगभग २५ किलोमिटर मात्र हुन्छ तर अधिक घनत्वका कारण यिनीहरू हाम्रो सूर्य भन्दा कयौँ गुणा भारी हुन्छन् ।

Michigan State University का वैज्ञानिकहरूले न्युट्रन स्टारमा जस्तै अवस्था काल्पनिक रूपमा पृथ्वीमै सृजना गरेर यसको थप अनुसन्धान गर्ने भएका छन् ।

यस अनुसन्धानको लागि वैज्ञानिकहरूको समूहले ‘टिन’ धातुलाई पगालेर (Nuclear soup) अर्थात् आणविक रस तयार गरेका छन् जसमा प्रशस्त (Neutron) न्युट्रन हुन्छ जसले गर्दा न्युट्रन स्टारको जस्तै अवस्था निर्माण गर्न सकिन्छ ।

वैज्ञानिकहरूले टिन धातुको (Nuclei) ‘अणु’ लाई प्रकाशको दुई तिहाइ (२/३) गतिमा दौडाएर(Target nuclei) अर्थात् टिनकै लक्षित पातामा ठोक्काएर निकै दुर्लभ मानिने कण (pions) ‘पायंस’ उत्पन्न गर्न सफल भएका छन् ।

यी (pions) ‘पायंस’ निकै छोटो समयका लागि उत्पन्न हुने गर्छन् तर वैज्ञानिकहरू यसको थप अनुसन्धानमा जुटिरहेका छन् जसले गर्दा ब्रह्माण्डको उत्पत्ति देखि कयौँ रहस्यको खोजी सहज भएको छ ।

यो खोज जापानको (RIKEN Nishina Center for Accelerator-Based Science) मा भएको हो ।

Facebook Comments Box
Leave a comment