विधेयकसम्बन्धी सन्देश टेबल

२०७८ श्रावण २९, शुक्रबार १६:३५

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।

93 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal