लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुँदै ; शपथ पनि आजै

28

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुने पक्का भएको हो । लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि तोकिएको ३ बजेसम्मको समयसीमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट कुलप्रसाद केसीको मात्र दाबी परेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्रीमा केसीलाई नियुक्ति गर्दै शपथ गराउने तयारी गरेका छन् । आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ ।

Facebook Comments Box