“महिलाहरुको शरीर, कति रहस्यमय “भन्ने नाराका साथ आयोजना हुँदै हेल्थ सेमिनार

114

“एक महिला चियाको झोला जस्तै हो – तपाईलाई थाहा हुँदैन, उनी कति बलियो छिन् जबसम्म उनी तातो पानीमा पर्दैनन्।” – एलेनोर रुजवेल्

यो भनाइ एकदम सहि हो । महिलाहरू प्राय: घरकै काममा व्यस्त हुन्छन् । झन् अफिसका काम गर्ने महिलाहरूले घर र अफिस दुवै जिम्मेवारीमा व्यस्त हुँदैगर्दा, आफूं र आफ़्नो स्वास्थको लागि पर्याप्त समय निकाल्न सक्दैनन् । अब प्रश्न आउँला बिरामी हुँदा अस्पताल गएकै हुन्छे, यति भएपछि भैहाल्यो नि ? तर हामीमा prevention is better than cure भन्ने चेत हुँदाहुँदै पनि लापरबाही गर्न पछि हट्दैनौ ।

महिला दिदि बहिनि प्राय: बल रहुन्जेल सबै कार्य गर्ने, अनि शक्ति सकिँदै गएपछि अनेक रोग लाग्ने पाइएको पनि छ । यी र यस्ता कुराबाट बेलामै सचेत गराउँने, विशेष ध्यान दिनैपर्ने ठाउँको बारे बुझाउने उद्दश्यले यहि शनिबार हेल्थ सेमिनार हुन लागेको छ । गर्भावस्था, बाल हेरचाह र मासिक धर्म महिलाहरुको लागी अपरिवर्तनीय जैविक र सामाजिक प्रक्रिया भएकोले, उनीहरु दुखाई र दबाबमा पर्ने गरेका हुन्छन्, यस्तो अवस्थामा उनीहरुले प्राय: साथ, चेतना र आफ़्नो हेरचाह नगर्दा स्वास्थमा असर परेको हुन्छ । डाटा अनुसार मनोवैज्ञानिक आघात, शारीरिक दुर्बलताजस्ता समस्याहरू विशेषगरी यी दिनहरुमा बढेको पाइन्छ । यसले देखाउँछ, उनीहरु आफ्नो मानसिकस्तरमा पनि पर्याप्त सुरक्षित छैनन् । जब जब महिला स्वास्थको कुरा आउँछ, लापरवाही, निरक्षरता, र भेदभाव चरम सीमामा हुन्छ । यी तथ्यहरूलाई ध्यानमा राखी, TSAN टीकापुरले, WRR को सहयोगमा ‘ महिलाहरुको शरीर, कति रहस्यमय !’ मा आधारित एक महिला स्वास्थ्य अनलाइन सेमिनार आयोजना गर्ने निर्णय गरेको छ।

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याख्यता र चिकित्सा विज्ञानमा पीएचडी गर्दै गरेकी मनिषा थापा यस कार्यक्रमको मुख्य वक्ताको रुपमा प्रशिक्षण गर्ने छिन् ।

‘ शनिवारको तयारी लगभग सकेको छ, सेमिनारमा सहभागिताका लागि धेरैजना उत्सुक हुनुहुन्छ । हामीले धेरै सहभागिलाइ सामेल गर्नभन्दा पनि, थोरैको स्वास्थ समस्या सम्बोधन गर्ने सोंच राखेका छौँ । अनलाइन कार्यक्रम भएकाले प्राविधिक समस्याको भने थोरै डर लागेको छ, बाँकी कार्यक्रमको मुख्य पाटोलाइ हेर्ने हो भने, भव्य र सभ्य पक्कै पनि हुन्छ भन्ने आशा गरेकी छु ।” बताउँछिन्  कार्यक्रम संयोजक, TSAN Tikapur की अध्यक्ष अमिता कडेल ।

Facebook Comments Box