लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा पदबाट राजीनामा

29

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले अविश्वासको प्रस्ताव सामना गर्नु पूर्व नै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री वैजना चौधरीले मुख्यमन्त्रीले राजीनामा दिएको पुष्टि गरे।

उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए । आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो ।

Facebook Comments Box