भ्रष्टहरूलाई जेलको चिसो छिंडीमा पुर्‍याएर अोलीको प्रश्नको जवाफ दिनैपर्छ: धनराज गुरुङ

२०७८ श्रावण २७, बुधबार ११:३४

नेपाली काँग्रेसका नेता धनराज गुरुङले भ्रष्टाचारका काण्डहरुको छानबिन गरेर भ्रष्ट नेताहरुलाई जेलको चिसो छिंडीमा पुर्‍याएर अोलीको प्रश्नको जवाफ दिनैपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बोलेको सन्दर्भमा के पी ओलीलाई प्रतिप्रश्न गर्नु भन्दापनि गरेर देखाउनुपर्ने बताए । उनले ट्वीट लेख्दै भनेका छन् , ‘  झण्डै २/३ को भारी बोक्न नसकेर सरकारबाट बर्ल्याङ्ग लडेर बिपक्षीमा पुगेका केपी अोलीलाई “हिजो आफै सरकारमा हुँदा किन गरिनस्?” भनेर प्रतिप्रश्न गर्ने हैन।
भ्रष्टाचारका काण्डहरुको छानबिन गरेर भ्रष्ट नेताहरुलाई जेलको चिसो छिंडीमा पुर्‍याएर अोलीको प्रश्नको जवाफ दिनैपर्छ।

126 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal