लुम्बिनीमा एमाले संसदीय दलको बैठक: निर्णय गर्ने अधिकार मुख्यमन्त्री पोखरेललाई

२०७८ श्रावण २७, बुधबार १०:३०

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अहिलेको नयाँ परिस्थितिमा के – कसरी अगाडि बढ्ने भन्ने सम्पूर्ण अधिकार मुख्यमन्त्री  शंकर पोखरेललाई दिएको छ ।

बैठकपछि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पत्रकारहरूलाई जानकारी गराउंदै भने , ‘नयाँ परिस्थितिमा के गर्ने र कसरी अगाडि बढ्ने भन्नेबारे अधिकार मुख्यमन्त्रीलाई नै दिएका छौं ।’ उनले मुख्यमन्त्री पोखरेलले राजीनामा दिन लागेकोबारे भने केही खुलाउन चाहेनन्। ‘राजीनामा दिनेबारे छलफलमा पुगिसकेका छैनौं,’ उनले भने।

आज लुम्बिनी प्रदेशमा प्रदेश सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलका पक्षमा ३८ र विपक्षमा सभामुखसहित ४२ जना सांसद छन्।

172 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal