लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा दिने तयारी

२०७८ श्रावण २७, बुधबार ०८:४०

प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका बुधबार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । उनले राजीनामाको विषय नखुलाएका पनि विभिन्न स्रोतका अनुसार पोखरेलको राजिनामा पक्का भएको छ  ।

विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन् ।

अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दैछ ।

87 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal