कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

39

अन्ततः कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको पहलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रस्ताव गरेका थिए । सोहीअनुरूप मन्त्री भुसालले मन्त्रिपरिषद्को बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । साथै, वर्तमान कार्यकारी निर्देशक शाक्यलाई आयोगमा लैजाने प्रस्तावसमेत मन्त्रिपरिषद्मा प्रस्तुत गरेकी थिइन् ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । उनलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो ।

Facebook Comments Box