नागरिकताजस्ता महत्वपूर्ण मुद्दाहरूमा अविलम्ब विधेयक प्रस्तुत गर्न के पी ओलीको आग्रह

19

 

नेकपा ( एमाले )का अध्यक्ष के पी ओलीले नागरिकताजस्ता महत्वपूर्ण मुद्दाहरूमा अविलम्ब विधेयक प्रस्तुत गर्न आग्रह गरे।

उनले प्रतिनिधिसभामा बोल्दै भने , ‘ मैले नागरिकतासम्बन्धि ल्याएको अध्यादेश गलत थियो ? होइन भने, छिटो नागरिकतासम्बन्धि विधेयक प्रस्तुत गर्नुस् । यस्तो गहन समस्याको बारेमा सरकार मौन बस्ने भनेको के हो ।’  उनले भने , ‘सरकारको समयावधि १५ महिनाको हो । एक महिना गइसक्यो के पन्ध्र महिनासम्म धन्यवाद खाँदै बस्ने हो ?’

Facebook Comments Box