आफू फेरी पनि असाधारण जनमतका साथ मूल ढोकाबाटै प्रधानमन्त्री बन्ने : के पी ओली

24

नेकपा ( एमाले ) अध्यक्ष के पी शर्मा ओलीले आफू फेरी पनि असाधारण जनमतका साथ मूल ढोकाबाटै सरकारमा आउँने बताए ।

उनले प्रतिनिधि सभामा बोल्दै गठवन्धनको संस्कृति गलत र अलोकतान्त्रिक भएको बताए । जननिर्वाचित सरकारलाई परमादेशबाट हटाएकोप्रति चिन्ता व्यक्त गरे । अदालतको यस्तो कदम लोकतन्त्रको मूल्य – मान्यताविपरित भएको पनि बताए । सरकार परिवर्तन असामान्य ढंगले भएको विकृत क्रियाकलाप हो भन्दै यस्तो गठबन्धन सरकारको आयु लामो नहुने धारणा व्यक्त गरे ।

सरकार बनेको एक महिना भइसक्दा पनि सरकारको पूर्णता दिन नसक्ने सरकारले जनहितमा काम गर्नै नसक्ने ठोकुवा गरे।

Facebook Comments Box