ट्रक दुर्घटनामा १ जनाको मृत्यु

२०७८ बैशाख ८, बुधबार १२:२०

मकवानपुरमा बुधवार भएका २ फरक–फरक दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ४ जना गम्भीरसहित ८ घाइते भएका छन् ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा२ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेकोे ना३१प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा–१९ गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बुधवारै मकवानपुरगढी गाउँपालिकाको जीतपुर नजिक कान्ती लोकपथमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जना गम्भीरसहित ७ जना घाइते भएका छन् ।

बुधवार बिहान बकैया–४ बाट जन्ती लिएर जीतपुरतर्फ जाँदै गरेको ना१ज १७५१ नम्बरको टाटा सुमो जीप ब्रेक फेल हुँदा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

106 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal