महन्थ ठाकुरको अध्यक्ष पद खारेज; अब जसपाको साधरण सदस्य मात्रै

40

निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेसँगै महन्थ ठाकुरको अध्यक्ष पद खारेज भएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले आयोगलाई पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि नयाँ कार्यकारिणी समितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको हो । आधिकारिकता पाएको यादव पक्षले पठाएको विवरण अभिलेखीकरण गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

Facebook Comments Box