साहित्य चौतारी नेपाल लुम्बिनी शाखाद्वारा प्रत्यक्ष “चौतारी” पुस्तक पुन: विमोचन एवम् रचना वाचन कार्यक्रम समापन

138

दाङ, २२ साउन:  “नेपाली भाषा तथा साहित्यको विस्तार एवम् सामाजिक सेवामा क्रियाशील ” अत्यन्त विशाल लक्ष्यका साथ वि.स.२०७१ मा स्थापना भई केन्द्रिय संस्था दर्ता गरी विभिन्न शाखाहरू विस्तार गर्ने क्रममा प्रत्येक प्रदेश र देश बाहिर पनि विभिन्न देशहरूमा शाखा विस्तार गरी नेपाली साहित्यमा रहेका हजारौँ खुड्किलाहरूमा खुड्किलाको संरचना बचाउन एउटा इँट्टा थप्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पनि वि.सं.२०७१ मा लुम्बिनी प्रदेशभित्र रहनुभएका सम्पूर्ण साहित्यका विधामा कलम चलाउनुहुने साहित्य प्रेमी ,अग्रज तथा अनुजहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यले शाखा विस्तार गरिएको हो ।

त्यसै क्रममा केन्द्रिय समितिद्वारा प्रकाशित पुस्तक “चौतारी” अङ्क ३ को केन्द्रमा पहिल्यै भर्चुअल माध्यमद्वारा विमाेचन भए पनि पुन: प्रदेश स्तरीय विमोचन एवम् रचना वाचन कार्यक्रम सुसम्पन्न गरिएको हो। वरिष्ठ साहित्यकार श्री केशव थापा ज्यूको हातबाट पुस्तक विमोचनको कार्यक्रम आरम्भ गरिएको हो ।

त्यस्तै, कार्यक्रममा गजलकार लुम्बिनी प्रदेश शाखाका कार्यक्रमका सभापति केशव थापा, सल्लाहकार वसन्त वली वसन्ती, उपाध्यक्ष विक्रम वली “नेपाली बाबु”, सदस्य तारस घिमिरे , भूमि क्षेत्री,श्रीधर सुभग, पृथक हिमाल ओली , को अत्यन्त राम्रा गजल , कविता , मुक्तक वाचनले माहोलको रङ्गमञ्च नै बदलिएको थियो। स्रष्टा सर्जकहरूको उपस्थितिले झन् कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो ।

सभापति केशव थापा ज्यूले यस संस्थालाई अझ प्रभावकारी ढङ्गबाट सञ्चालन गर्दा पृथक् हुने र नेपाली साहित्यमा एउटा छुट्टै इतिहास लेखाउन सक्ने कुरा समेत राख्नुभएको थियो।

लुम्बिनी प्रदेश शाखाका सल्लाहकार वसन्त वली वसन्तीले पनि साहित्यमा यस संस्थालाई आधुनिकीकरणबाट अगाडि लगी आउँदा नयाँ साहित्यका सर्जकहरूलाई समेत केही सिकाउन सके अझ नेपाली साहित्यको इतिहास रहने र संस्थाको गौरवमय काम हुने बताउनु भयो ।

त्यसैगरी उपाध्यक्ष विक्रम वली “नेपाली बाबु”ले पनि आफू रहेसम्म नेपाली साहित्यलाई अगाडि लैजाने र एक जिल्लाबाट एक एउटा राम्रो साहित्यकार जन्माउन पाए नेपाली साहित्यको इतिहासमा नयाँ काम हुने र लुम्बिनी प्रदेशकै सन्दर्भमा एक एक गरी प्रत्येक जिल्लाबाट एक एक बाह्र जिल्लावाट बाह्र जना साहित्यकारको उदय गराउन पाए मात्र पनि संस्थाको नाम उच्च राख्न सकिने बताउनुभयो।

त्यसैगरी सदस्य श्रीधर सुभग,भूमि क्षेत्री ,तारस ज्यूहरूले पनि आफूले सकेसम्म साथ दिई नेपाली साहित्यलाई जोड दिने र केही नयाँ गर्न कसरी सकिन्छ त्यसको खोजी गरेर अगाडि बढ्ने समेत बताउनुभएको थियाे भने कार्यक्रमकाे सञ्चालनकाे भार श्रीधर सुभग ज्यूले उठाउनु भएकाे थियाे । उहाँको कार्यक्रम सञ्चालनको शालीन शैलीबाट गरिएको सञ्चालनले पनि कार्यक्रममा निकै उत्साह भरिएकाे थियाे ।

Facebook Comments Box