भुटानले पठाएको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

२०७८ श्रावण २२, शुक्रबार १२:३६

भुटानले कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप पठाएको छ ।

स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो । खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

विभागका अनुसार पहिलो मात्रा लिई दोस्रो मात्रा कुरिरहेका नागरिकलाई विशेष प्राथमिकता दिई खोप लगाइनेछ ।

आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।

189 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal