सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री देउवासहितका नेताहरूलाई बुझायो न्यूनतम कार्यक्रमसहितको प्रतिवेदन

२०७८ श्रावण २२, शुक्रबार १२:०६

सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित सत्ता गठबन्धनको कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूलाई बुझाएको छ । न्यूनतम कार्यक्रमसँगै सरकार सञ्चालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिताको पनि प्रस्ताव गएिको छ ।

सरकारनिकट स्रोतका अनुसार न्यूनतम साझा कार्यक्रम, मन्त्रीहरुको आचारसंहिता र कार्यविधि मुख्य रुपमा कोभिड नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक रुपान्तरणका मुद्दामा केन्द्रित छ ।

संघीय कार्यान्वयनमा जोड दिने, सबै नागरिकलाई आउँदो चैत मसान्तसम्म कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने लगायतका विषय पनि समेटिएको छ । त्यस्तै मन्त्रीहरू भ्रष्टाचारजन्य कुनै पनि गतिविधि मुछिए तत्काल पदमुक्त गने, मन्त्रीहरुले कुनै कूटनीतिक नियोगका पदाधिकारी भेट्नु परे अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्नेलगायतका विषय पनि समेटिएका छन् ।

त्यस्तै मन्त्रीहरुले कुनै पनि नियुक्ति गर्नुपर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रूपमा नियुक्त गर्नुपर्ने, अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने पनि उल्लेख छ ।

130 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal