कृष्ण आचार्यको ‘ब्लु डायरी’ आउँदै

२०७८ श्रावण २२, शुक्रबार ११:२९

लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ब्लु डायरी छिट्टै सार्वजनिक हुने भएको छ ।

मूलतः साहित्य र पत्रकारितामा सक्रिय आचार्यको यस अघि अप्रिल फुल (उपन्यास) प्रकाशित छन् । विशेषतः युवा र तिनका मुद्दा केन्द्रित लेखनमा रुचि राख्ने आचार्यले यसपटक पनि युवाकै सपना र संघर्षमाथि उपन्यास बुनेका छन् ।
‘ब्लु डायरी, हाम्रै समाजभित्र रहेका ती युवाहरुको कथा हो, जो अनेक उल्झन्बाट गुज्रिदै उज्यालो सपनाका खातिर संघर्षरत छन् । पुस्तकमा युवाहरुले आफ्नै प्रेम, जीवन र संघर्ष भेट्नेछन् ।’ उपन्यासकार आचार्य भन्छन् ।

बिएन पुस्तक संसार प्रालिबाट भदौभित्र प्रकाशनको तयारीमा रहेको ब्लु डायरीले समस्त युवाहरुको मनोविज्ञान बोकेको बिएन पुस्तक संसारका प्रमुख सूर्य बिसीले बताए ।

लेखक कृष्ण आचार्य हाल इन्जिनियर्स पोष्टका सम्पादक हुन् । यसअघि उनले कान्तिपुर साप्ताहिक, नयाँ पत्रिका, नेपाल खबर लगायतका सञ्चार गृहमा काम गरिसकेका छन् ।

161 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal