रामकृष्ण ढकालले गाए मुटु छुने गीत – तिमी मेरी हुन सकिनौ

153

रामगोपाल आशुतोष
काठमाडौँ ।
“तिमी मेरी हुन सकिनौ” बोलको गीतमा बनेको म्युजिक भिडियो सार्जनिक भएको छ । स्टुडियो साउन्ड मिलको युट्युब च्यानल मार्फत रिलिज भएको उक्त गीत चर्चित गायक रामकृष्ण ढकालको स्वरमा सजिएको मेल भर्जन आज सार्वजनिक भएको हो । चर्चित मोडेलद्वय निराजन प्रधान र करूणा श्रेष्ठको अभिनय रहेको सो भिडियोको निर्देशन नेपाल चलचित्र बोर्डका मनोज राजभण्डारीले गरेका हुन ।
समाजसेवी एवम् चर्चित गीतकार नरेश प्रधानको शब्दरचना रहेको उक्त गीतमा अहिलेका निकै चर्चित र व्यस्त सङ्गीतकार दीपक शर्माले सङ्गीत भरेका छन् भने चर्चित सङ्गीतसंयोजक रिदम कँडेलले सङ्गीतसंयोजन गरेका हुन् ।
साउन्ड इन्जिनीयर महेश्वरमान राजभन्डारीको मिक्सिङ र मास्टरिङ रहेको उक्त गीतको रेकर्डिष्ट फुर्बा पाखृन तामाङ रहेका छन् ।

चर्चित गायिका बुनु श्रेष्ठको आवाजमा सजिएको यस गीतको फिमेल भर्जन एक महिनापछि स्टुडियो साउन्ड मिलकै युट्युब क्स्ह्यानलमार्फत सार्वजनिक गरिने योजना रहेको युट्युब सञ्चालक महेश्वरमान राजभन्डारीले जानकारी दिए ।

Facebook Comments Box