‘ लघुकथाको सुगन्ध ‘ ( बालविषयक लघुकथाहरूको संयुक्त सङ्ग्रह ) प्रकाशित

78

नमस्ते आधुनिक लघुकथा मञ्चले ‘ लघुकथाको सुगन्ध ( बालविषयक लघुकथाहरूको संयुक्त सङ्ग्रह ) ‘ नामक लघुकथा सङ्ग्रह बजारमा ल्याएको छ । बिएन बुक संसारले प्रकाशन गरेकोे यो पुस्तकको सम्पादन श्रीकृष्ण शर्मा (घनश्याम डल्लाकोटी), गोम विक्रम, शेखर अर्याल, डा. विदुर चालिसेले गरेका हुन् ।

यो सङ्ग्रह बाल मनोविज्ञानमा आधारित बालविषयक लघुकथा संग्रह नेपालमै पहिलो संग्रह हो । यस पुस्तकमा १३२ जना लघुकथाकारका २३० बालविषयक लघुकथाहरू सङ्ग्रहित छन् । मञ्चका सचिव मनोज अज्ञातले यो सङ्ग्रह नेपालको सम्पूर्ण विधालयहरूमा पुग्न जरुरी भएको बताए । उनले भने, ‘ यस पुस्तकले बालबालिकाका मस्तिष्कमा सकारात्मक प्रभाव पार्नेछ।’

मञ्चले छनोटमा पर्न सफल भएका लघुकथाका सर्जकहरुलाई वि. एन. पुस्तक संसार अद्वैत मार्ग, काठमाडौंबाट वा नेपालभर रहेका मञ्चका एडमिनहरूमार्फत १ लेखक उपलब्ध गराउने भएको छ । मञ्चले पुस्तक विमोचनको कार्यक्रम भने  भर्जुअल नै गर्ने भएको छ

यो पुस्तकको व्यक्तिगत मूल्य रू. २९० र संस्थागत रू. ३९० रहेको छ । कुरियर चार्ज तिरेर पुस्तक नेपालको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

पुस्तककालागि सम्पर्क गर्न सकिने मञ्चका आधिकारिक व्यक्तिहरु – अध्यक्ष : कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी)-९८४१७७५१३६, चितवन, ||
सचिव : मनोज अज्ञात-९८४५०५५६३८ चितवन ||
कोषाध्यक्ष : सुदर्शन कँडेल-९८५५०४२०४४ चितवन || सदस्यहरु क्रमशः
गोम विक्रम-९८५७०६५७२२ पाल्पा ||
नानी बिवु-९८४३६४९७८५ नवलपुर ||
शेखर अर्याल-९८६०७९४१९३ काठमाडौं || कोषवल्लभ रेग्मी-९८६२६०१६९५ इलाम ||
कमल पौडेल-९८५७६२८७०० बागलुङ ||
‘अनिमेष’ निलम कुमार पौड्याल-९८६७२५६०५० बागलुङ || “नमस्ते आधुनिक

Facebook Comments Box