एउटा फकिर

सन्तोष हरदम मगर

90

अत्यन्तै भावुक भएर
सडकमा हत्केलाले पैसाको नक्सा कोर्दै
बसिरहेछ एउटा फकिर ।

उसलाई ठूलो डर छ
नक्सा नमिल्ने हो कि ?
मिलेपछि कतै कसैले भत्काउने पो हो कि ?
असिना र पानीले नक्सा मेटाउने पो हो कि ?
समिरको बेगले कतै उडाएर लगिदिने पो हो कि?
यसरी बडो चिन्तामा बसेको छ
एउटा फकिर ।

उसले गृह सम्झियो भने आँसुको ताल बन्छ
बा,आमा सम्झियो भने मुटु छिचोल्छ
आफ्नो बाहु सम्झिनु अघि सालिक सम्झिन्छ ।

त्यसैले,
यो पटक पृथक,पृथक नक्सा कोर्दै
बसिरहेको छ सडकमा एउटा फकिर।

Facebook Comments Box