नेकपा ( एमाले )को स्थायी कमिटीको निर्णय ( प्रेस वक्तव्यसहित् )

20

नेकपा ( एमाले ) को आज बसेको स्थायी कमिटीको बैठकले यहि भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन  आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

पार्टी अध्यक्ष के पी ओलीको अध्यक्षतामा बसेको बैठकले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदनको मस्यौदा के पी ओली र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

बैठकले दार्चुलाको तुइन घटनाको निन्दा गर्दै सत्यतथ्य प्रस्तुत गरि दोषीउपर सिघ्र कारवाहीको माग पनि गरेको छ ।

 

Image

Facebook Comments Box