यस्तो रहेछ विजय शाहीको ‘फर्मुला’

२०७८ श्रावण १७, आईतवार १६:३४

बिजय शाही अहिले ठूलो चर्चाको विषय बनेको छ । शाही मेमोरी किंगको नामले बिगत केही महिनाबाट चिनिन थालेका थिए । आफ्नो स्मरण शक्ति विभिन्न मिडिया मार्फत प्रदर्शन गर्दै आएका उनी अहिले ठूलो विवादमा तानिएका छन् ।

रिपोटर्स क्लबको विवादपछि उनको बारेमा कुनै पनि मेडियाले नबोल्ने या नलेख्ने भनेर भनिएको थियो। तर पछिल्लो समय शाहीले आफ्नो मेरोरी पावर युएसएका प्रख्यात लेखक एवम् युटुबर नेल्सन डेलिसलाई  प्रस्तुत गरेलगत्तै उनी फेरी मेडियाको हिरो बन्न पुगे । युटुबर नेल्सन डेलिसको भिडीयोमा धेरैले आलोचना गरे र डेलिसले आफू ठगिएको भन्दै तत्कालै अर्को भिडियोमा शाही फेक भएको भन्दै सबुतहरू देखाएका थिए ।

शाही कहिले आफूसँग फर्मुला भएको भन्छन् त कहिले आफूसँग कुनै दैवीशक्ति भएको भनेर भन्छन् । विभिन्न मेडियाले उनले फर्मुला सिकाउने भन्दै लाखौँ रकम उठाएका कुरा खुलासा समेत गरेका छन्  ।

के रहेछ त बिजय शाहीको फर्मुला ?

विजय शाहीको टिमका एक सदस्य ओम रेग्मीको अनुसार त्यो फर्मुला सिक्न ५ हजार तिरेर फाराम भर्नुपर्ने हुन्छ ।

सिकाइको पहिलो राउन्डमा पद्मासन हुन्छ । दोस्रोमा रिडिङ हुन्छ, जसमा केही शब्दहरु कन्ठ गर्न दिइन्छ । तेस्रोमा राइटिङ हुन्छ । यी तीन राउन्ड पार गरेकाहरुले मात्रै अन्तिम राउन्डमा फर्मुला पाउँछन् ।

तर फर्मुला उनीहरूले भनेको समयमा घोक्नुपर्ने हुन्छ । यदि सकेनन् भने त्यो फर्मुलाले काम नगर्ने शाहीको टिमको भनाई छ  ।

रेग्मीका अनुसार पहिलो राउन्डमा ६०-७० जना, दोस्रोमा २०-२५ जना र तेस्रो राउन्डमा १३ जना पास भएका थिए । तर, फर्मुला राउन्ड भने कसैले पनि कटाउन नसकेको उनको भनाइ छ ।

फर्मुला दिन एकान्तमा लगिने र दिनुभन्दा पहिले फर्मुला गोप्य राख्न ल्याप्चे लगाएर सहमति गर्नुपर्ने रहेछ ।

फर्मुला सोचेभन्दा अनौठो प्रकारको थियो । अंग्रेजी अक्षरको बीचमा अंक, कहिँ जोडघटाउ अनि कहिँ कुनै मात्रा । फर्मुला सिक्न नसकेको भन्दै सबैलाई फर्काइएको रहेछ ।

125 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal