दार्चुला तुईन घटनाको दोषीलाई कारवाही गर्न चार कम्युनिस्ट पार्टीको माग ( विज्ञप्तिसहित् )

२०७८ श्रावण १६, शनिबार १८:४२

दार्चुलाको तुईन घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय तथा राहत दोषीलाई यथासिघ्र कारवाही गर्न चार कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति निकालेको छ ।

नेकपा ( क्रा. मा ), नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले घटनाको भर्त्सना गर्दै घटनालाई नेपाली राष्ट्रिय स्वधिनातामाथिको भारतीय शासकको नाङ्गो षड्यन्त्र भएको बताएका छन् ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा न . २ का जयसिंह धामी भारत जानेक्रममा महाकाली नदीको तुईन तर्न लाग्दा भारतीय सुरक्षा बलले तुईन फुत्काउँदा धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।

Image

155 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal