तुइन घटनाबारे छानविनगरि कारबाही गर्न विधार्थी संगठनको माग

55

पाँच विद्यार्थी संगठनले सरकारलाई दार्चुलामा घटेको घटनासहितको ४ बूँदे ज्ञापनपत्र बुझाएका छन् ।

शनिबार बालुवाटारमै पुगेर सत्तारुढ गठबन्धन निकट पाँच विद्यार्थी संगठनले प्रधानमन्‍त्री शेरबहादुर देउवालाई भेटेरै चार बुँदे ज्ञापन पत्र बुझाएका हुन् । घटनाका विषयमा भारतीय पक्षसँग स्पष्‍टीकरण माग्न र छानबिनगरी तुइन काट्ने व्यक्तिलाई कारबाहीको माग गरिएको छ ।

भारतीय सशस्त्र प्रहरीले तुईन काट्दा दार्चुलाको व्यास गाउँपालिका वडा न . २ का जय सिंह धामी नदीमा बगेर बेपत्ता भएका छन् ।

मध्यपश्चिमान्चल विश्वविद्यालयको बेथितिविरुद्ध भइरहेको आन्दोलन र वीपी कोराला स्वास्थ्य विज्ञान प्रतष्‍ठानमा भएको अनियमितता र विश्वविधालयमा गरिने उपकुलपति तथा अन्य पदाधिकारीहरूको राजनीतिका नियूक्तिबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्र बुझाउन नेविसंघ अध्यक्ष राजिव ढंगाना, अखिल क्रान्‍तिकारी अध्यक्ष रन्‍जीत तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी वद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्‍ठ, अखिल छैठौका अध्यक्ष विमल पोखरेल बालुवाटार पुगेका थिए।

Facebook Comments Box