पूर्वीय संस्कारमय जन्मदिन गीत

२०७७ चैत्र ७, शनिबार १४:२२

जन्मदिन मनाउने संस्कार पूर्वीय समाजमा व्यापक रुपमा फैलिए पनि आफ्नै किसिमको गीत सङ्गीत त्यति धेरै नहुँदा पाश्चात्य वा हिन्दी गीत बजाएर मनाउने बाध्यता छ ।

विशेषतः मो. रफीको आवाजमा रहेको ‘’बार बार दिन ये आए , बार बार दिल ये गाए’’ र मन्नाडेको आवाजमा रहेको ‘’ ओ नन्हें से फरिस्ते, तुझसे ये किसा नाता’’ व्यापक बज्ने र गुनगुनाउने गीत हो। या सामान्य रूपमा ‘’ह्यापी बर्थडे’’ भनेर शुभकामना व्यक्त गर्ने चलन रहेको छ।

यही अवस्थालाई बुझेर आफ्नै नेपाली गीत गाएर / बजाएर जन्मदिन मनाउन पूर्णतः नेपाली संस्कारमय शब्द, सङ्गीत र गायन रहेको नेपाली जन्मदिन गीत बजारमा आएको छ।

यो गीतमा शब्द डा. गोमा अधिकारी, सङ्गीत संजय सुमन, सङ्गीत संयोजन एन. बि. चाम्लिङ, स्वर भ्वाइस अफ नेपालबाट उदयमान गायिका अनु शाक्य, भिडियो छायाङ्कन र सम्पादन अनिल खतिवडा र सन्तोष पराजुलीको रहेको छ। प्रोड्यूसर डा. सिताराम अधिकारी रहेको यो गीतको भिडियोको लिडमा एन्नी केसी र आयुश्री अधिकारीलाई देख्न सक्छौँ। महेश पौडेल र रमा अधिकारी संयोजक रहेको यो गीत भिडियोसहित महेश पौडेल यू टुब च्यानेलबाट रिलिज गरिएको हो ।

 

244 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal