सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

२०७८ श्रावण १३, बुधबार १५:४७

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बुधबार सर्वोच्चमा रिट दर्ता गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले , ” हामी अझै पनि माओवादी ( केन्द्र ) मै छौँ, एमालेका कार्यकर्ता होइनौं ।” भन्दै प्रतिक्रिया दिएका छन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

माओवादी केन्द्रले सांसदबाट पदमुक्त गर्न स‌ंसद सचिवालयलाई पठाएको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सा‌ंसद पद रिक्त भएको जानकारी दिएका थिए ।

121 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal