गजल : मृत्यु मात्र रहेछ एक जो पर्खेर जान्छ

२०७८ श्रावण १३, बुधबार १५:१५

लाग्थ्यो प्रत्येक शत्रुले उछिनेर जान्छ
मृत्यु मात्र रहेछ एक जो पर्खेर जान्छ

अरु पाहुना अचेल हाम्रोमा आउँदैनन्
आउने दु:ख हो जो महिनौं बसेर जान्छ

उसकै लामो कथा लेख्दालेख्दै म खिए
तैं पेन्सिल दोषी हो भन्दै तिखारेर जान्छ

त्यो हुलाकी मलाई देख्दा झस्किरहन्छ सधैँ
सायद रगतले पत्र कोर्ने हर्कत सम्झेर जान्छ

बिरामी बाँचेको खवरले डाक्टर खुशी भयो
यै खबर घाटका पसलमा दुख बोकेर जान्छ

166 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal