ओली कुहिएको अण्डा हुन्: प्रचण्ड

0

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरू बिग्रिए पछि कामै नलाग्ने गरि कुहिएर जाने बताए । कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पारे । उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताए ।

Leave a comment