दस्तावेज व्यक्तिगत विचार भएको संयोजक मिलन पाण्डेको टिप्पणी

20

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रस्तुत गरेको पार्टीको वैचारिक दस्तावेजलाई पार्टी संयोजक मिलन पाण्डेले व्यक्तिगत विचार भएको टिप्पणी गरेका ।

पाण्डेले विवेकशील साझा पार्टी प्रोग्रेसिभ पार्टी भएको र पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार सामाजिक न्याय, समावेशीता र गणतन्त्रको पक्षमा रहेको पनि बताए । उनले ‘ विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ। बाँकी विचारहरू नितान्त व्यक्तिगत हुन् ‘ भनेका छन् ।

मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।

Facebook Comments Box