सावधान: कोरोनाको तेस्रो लहरबाट बच्न भ्याक्सिन मात्र पर्याप्त छैन
नोबेल कोरोना भाइरस पछिल्लो डेढ वर्षभन्दा बढी समयदेखि मान्छेहरूको गम्भीर समस्याको कारण बनिरहेको छ । स्वास्थ्य विज्ञहरूले कोरोनाको तेस्रो लहरको कुरा गर्न थालेका छन् । कोरोना भाइरसले आफ्नो स्वरूप त्यहाँको वातावरण अनुसार परिवर्तन गर्ने गर्दछ । अहिले कति प्रकारको कोरोना भाइरस विश्वमा छ भन्ने कुरा अनुमान मात्र लगाउन सकिने कुरा हो । अध्ययनहरूको दाबी अनुसार भ्याक्सिनको दुई डोजले कोरोना सङ्क्रमणबाट सुरक्षा दिने गर्दछ ।
तर हालसालै भएको अनुसन्धान र सोधकर्ताहरूले नयाँ भेरिएन्टले अहिलेको भ्याक्सिनले बनाएको इम्युनिटीलाई कमजोर बनाउन सक्ने दावा गरेका छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को निर्देशक डा. रणदीप गुलेरियाले मान्छेहरूको सुरक्षा भ्याक्सिन मात्रले नगर्ने भएकोले भ्याक्सिनको साथ साथै अन्य कुराहरूको पनि सतर्कता अपनाउन पर्ने कुरा बताएका छन् । उनले कोरोनाको तेस्रो लहरबाट बच्न भ्याक्सिनेसन पछि एउटा अर्को बुस्टर डोज दिनुपर्ने आवश्यकता महसुस भएको बताएका छन् ।
कोभिडको बुस्टर डोजको मतलब दुइटा डोजवाला भ्याक्सिन बाहेक अर्को तेस्रो डोजको आवश्यकता भएको विज्ञहरू बताउँछन् । उनीहरूको अनुसार यसले भ्याक्सिनले बनेको भाइरस प्रतिरोध प्रणालीलाई अझै बुलन्द बनाउन मद्दत मिल्न सक्छ ।