गजल : भयो,नसोध्नुस् मलाई तेरो के चाल छ

२०७८ श्रावण ११, सोमबार ११:३२

भयो,नसोध्नुस् मलाई तेरो के चाल छ ?
निसास्सिएर बस्छु जीवन बेहाल छ

यो भोक चपाएर बाँचेको धेरै भयो
अन्न हैन देशमा सोंचको अनिकाल छ

यो समाज मात्र हो चिनेको कहाँ जाऊँ?
जीवन मरणको एउटै सवाल छ

घरभित्र बसौँ भोकले डस्छ के गरूँ ?
घर बाहिर झनै कोरोनाको छाल छ

बलात्कृत छोरीको लासमाथि छिन् आमा
लालसागर जस्तै आँसुको ताल छ

213 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal