गजल

कमलराज केसी

61

जति सिकियो जीवन जिउने कला मातापिताबाट
जानिएन वर्षौ पढ्दा पनि वेद पुराण र गीताबाट

संसारिकताको यो मोह अन्धता कति व्यर्थ रहेछ
घामजस्तै छर्लङ्ग हुन्छ जलिरहेको चिताबाट

दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो आँखै अगाडि
उठ्न सकेनौं हामी यो कुर्सीको लडाइँ यो रमिताबाट

नहेप्नु गरिब भनि सबैको पालो आउँछ एकदिन
कयौं मान्छे उठेका उदाहरण छन् चप्पलको फिताबाट

Facebook Comments Box