कविता : ‘म’

डम्बर विश्वकर्मा ( दृढ )

म…

म एक सामान्य,
अबोध,…,
निरीह,….,
गन्तव्यहिन मान्छे,.,

अन्धकारको,
जालो फोड्दै..
उज्यालोमा भौंतारिदै,
हिँडेको मान्छे…

एक,
सुनसान….,
निष्कपट…,
खोप्रोको छायाँमा
आँधीबेहरीको माथी…,
हिँड्न बनेको वायु,

हो…,
म पागल,…
सडकमा,..
युगान परिवर्तनको….
गीत गाउँदै हिँड्ने….,
क्रान्तिको बिगुल
बजाउँदै हिँड्ने …,
संघीयताको घाँडो
नचाउँदै हिँड्ने,
म हुँ एक ,
पागल

म,
एक सडक यात्री,
सडकमा जमेको फोहर,
थोत्रो मैलो लुगा..,
मन्दिरको भित्ता,
मेरो घर..,
यस्तै छ मेरो हाल..,
हो, म सडक यात्री…,

म,
एक प्रगतिशील युवा,
निरङ्कुशलाई प्रतिवाद गर्दै,
क्रान्तिको धावा बोल्दै,
अवसरवादलाई पछि पार्दै..,
बढ्दै गरेको रुख हुँ ,

हो,
यस्तै छ यहाँको खेल,
सत्य बोल्दा,
ठोकिन्छ जेल नेल,
हो,
म एक..,
एक प्रगतिशील युवा…,

हो,,
म एक,
विधार्थी,
कापी र कलम मेरो हतियार,,
देशको आवाजलाई बुलन्द गर्ने,
हजारौं,
आवाजलाई सुरम्य,
ताल दिने ..,
महान सङ्गीतकार,

म एक,
सुन्दर बगैंचा भित्रको फुल,
जसको सुवासले,
झुम्दछन् हजारौं भमराहरु…,
लाग्दछन्  लहरा पहराहरु,

म,
म नै हो,
मभित्र अरु,
मेरो विकल्प..?
कोहि छ..?
आखिर म नै म हुँ,
मेरोभित्र मेरो मन,
मनभित्र मेरी आमा,
आमा भित्र मेरो सानो संसार..!
त्यो पनि म…!