हिमालयन डिस्टिलरीको मूल्य अझै बढ्नसक्ने

0

सेयर बजारमा चलेका धेरै कम्पनीहरुमध्ये हिमालयन डिस्टिलरी पनि एउटा हो। लगानीकर्ताको रोजाइमा रहेको यो कम्पनीको मूल्यमा धेरै उतारचढाव भएको देखिन्छ।

Himalayan Distillery Ltd. - Distillery Directory & Distillery Map

हिजो बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार २५० रुपैयाँ रहेको छ। हिजो एकैदिन यो कम्पनीको सेयरमूल्यमा ६१ रुपैयाँ गिरावट आएको छ। यद्यपि हिजो दिनभरको कोरोबार हेर्दा यो कम्पनीको सेयरमूल्यमा ३८३ रुपैयाँको उतारचढाव भएको देखिन्छ। किनकि हिजो दिनभरमा यो कम्पनीको सेयरमूल्य उच्च विन्दुमा ४ हजार ३९८ रुपैयाँ र तल्लो विन्दुमा ४ हजार १५ रुपैयाँसम्म पुगेको देखिन्छ। त्यही कारण पनि अल्पकालीन लगानीकर्ताहरुको रोजाइमा यो कम्पनीको सेयर पर्छ।

Leave a comment