विश्वसाहित्यकी बिलभेडः टोनी मोरिसन

महेश पौड्याल

2

अगस्ट ६, २०१९ का दिन ८८ वर्षको उमेरमा टोनी मोरिसनको देहान्त भएपछि बीसौँ र एक्काइसौँ दुवै शताब्दीमा आफूलाई उत्तिकै प्रभावका साथ प्रस्तुत गर्ने र हजारौँ हजार प्रशंसकका लागि मानकको काम गेर्न एक कालजयी अफ्रिकी–अमेरिकी सर्जकको निधन भएको भनेर जानकारहरूले टिप्पणी गरे । हुन पनि नोबेल विजेता श्रष्टा मोरिसनले आफ्नो करिब पाँच दशकको लेखनकालमा धेरै पुराना मानक भत्काइन्, र यसअघि विश्वासहित्यले प्रवेश नदिएका विषयलाई नयाँ मानकका रूपमा उभ्याइन् । आफूले उत्ताधिकारका रूपमा अङ््गीकार गरेको अफ्रिकी–अमेरिकी मानविन्दूहरूलाई वैश्विक सौन्दर्यको उचाइमा लगेर स्थापति उनै मोरिसनले गरिन् । विश्व साहित्यको मानचित्रमा मोरिसनको उपस्थिति विश्वभरिका नारीहरूको एउटा विजयस्तम्भ पनि हो । रङ्गभेदी संसारका लागि मोरिसन आफैँमा एक अजेय आन्दोलनको नाम पनि हो ।

अमेरिकाको आर्डेलिया वोफोर्डमा सन् १९३१ मा जन्मेकी मरिसनको साहित्यिक यात्रामा उनले विद्यार्थी कालमा पढेका लेखक जेन अस्टेन र लेभ टोल्स्टोयको ज्याद्रो प्रभाव भेटिन्छ । उनलाई जेन अस्टिनले नारी जीवनका सूक्ष्म आयामप्रति संवेदनशील हुन सिकाइन् भने, लेभ टोल्स्टोए उनका लागि दार्शनिकता र मनातावादको विशाल प्रेरणा हुन् । रङ्गभेद विरोधी आवाज उनको निजी जीवनको अनुभवको जगमा उभिएको आवाज हो । उनको संघर्षको यो त्यो बेला थियो, जब उनी एक्लै आफ्ना दुई सन्तान हुर्काइरहेकी थिइन्, र बिहान चार बजे उठेर लेख्ने काम गर्थिन् । यिनै ब्रह्ममुहूर्तका तपस्याले विश्वलाई “द ब्लुएष्ट आई” र “बिलभेड” जस्ता कालजयी कृति दियो, र मोरिसनलाई नोबेल जिताउने सबैभन्दा बलियो आधार खडा गरिदियो । जब उनले सन् ि१९९३ का लागि नेबेल जितिन्, यो सर्वोच्च पुरस्कार जित्ने उनी पहिलो अफ्रिकी मूलकी महिला बन्न पुगिन् । विश्वमा बद्लँदै गरेको सहित्यिक सत्ताको द्योतक थियो त्यो ।

सम्पादक हुँदै स्वतन्त्र लेखनमा छिरेकी मरिसन युवाअवस्थादेखि नै नयाँ मानकहरूको खोजमा थिइन् । सुरुसुरुमा आफूले सम्पादन गरेका अरुका कृतिमा उनले गैर–श्वेत प्रयोगहरू गरिन्—भाषामा, विषयवस्तुमा, मूल्यमा, रूपविन्यासमा । उनै मोरिसनले त हो युरोपेली जगमा उभिएको अङ्ग्रेजी भाषाभित्र अफ्रिकी प्राण स्थापित गरेको । उनै मोरिसनले त हो त्यस बेलासम्म अस्वीकृत श्याम मानकहरूलाई सुनिने र देखिने बनाएको ।

सन् १९६७ मा जब मरिसन रेण्डम हाउस प्रकाशनमा पहिलो गैरश्वेत सम्पादक बनिन्, उनका प्रयोगहरूले गति पाए । १९७२ मा यसै प्रकाशन गृहबाट प्रकाशित “समकालीन अफ्रिकी साहित्य” बारेको पुस्तकका उनै मोरिसनको स्पर्श पाएर वोले सेयिङ्का, चिनुवा अचेबे र अथोल फुगार्डजस्ता अफ्रिकी लेखकहरूले एउटा विश्वासिलो मञ्च पाए । हामीलाई थाहै छ, तिनै सोयिङ्का नोबेल जित्ने पहिलो नाइजेरियाली लेखक बने भने अचेबे अफ्रिकी साहित्यका पिता कहलिए । यो मञ्च तयार गरेको श्रेय मोरिसनलाई नै जान्छ । गेल जोन्स र एन्जेला डेभिसजस्ता अफ्रिकी लेखकहरूलाई पश्चिमा मुलुकमा परिचित गराउने पनि उनै मरिसन हुन् । “न्युयोर्क टाइम्स” का लागि उनीसँग अन्तरवार्ता गर्ने निबन्धकार हिल्टन एल्स भन्छन्—“साठीको दशकको अन्त्यसम्म पनि विश्वविद्यालयहरूमा काला जातिका मानिसहरूको साहित्य अध्ययनका लागि कुनै पाठ्यक्रम थिएन । रेन्डम हाउसको संस्थागत सहयोगमा मोरिसनले सम्पादक र लेखकको रूपमा यस्ता बहस सुरु गर्नका लागि पर्याप्त सामग्रीको विकास गराइन् ।”

हुन त टोनी मरिसनका “द ब्लुएस्ट आई”, “बिलभेड”, “सङ आफ सोलोमन”, “जाज”, “पाराडाइज” र “सुला” जस्ता अनेक लोकप्रिय कृतिहरू एकपछि अर्को गरी प्रकाशनमा आए, तर “द ब्लुएस्ट आई” र “बिलभेड” नै मरिसनको अभूतपूर्व लोकप्रियताका आधार बन्न पुगे । “द ब्लुएष्ट आई” सन् १९७० मा प्रकाशित उपन्यास हो, जसमा मरिसनले आफ्नै रस्तीबस्ती, ओहायोको लोरेइनलाई कार्यपीठिका बनाएकी छिन् । यस उपन्यासमा उनले एक भयानक संकथनको रूपमा अमेरिकावासीहरूको मनोविज्ञनको भित्री तहसम्म पुगेर विभेदलाई प्रस्रय दिइरहेको रङ्गभेदलाई विषयवस्तु बनएकी छिन् ।

विश्वभरि छरिएका मोरिसनका पाठकहरू उनलाई “बिलभेड” की लेखिकाकै रूपमा बढी सम्झन रुचाउँछन् । “बिलभेड” उनको १९८७ मा प्रकाशित उपन्यास हो, जसमा काला जातिकी एक पूर्वदासीको कथा समेटिएको छ । पुनः दासहरूको चङ्गुलमा नपरून् भनेर आफूले शिशुवयमा आफ्नै हातले मारेकी आफ्नी छोरीको भूतबाट त्रस्त ती आमाको कथा हो “बिलभेड” । पुलिटजर पुरस्कार विजेता यो उपन्यास अमेरिकामा व्याप्त दासप्रथाको कारुणिक कथा हो, र आमा र छोरीबीचको अविछिन्न मनोवैज्ञानिक र प्रेम सम्बन्धको एउटा अद्वितीय उदाहरण हो । मोरिसनले यसै विषयलाई यसपछि लेखिएका उनका दुई उपन्यास “जाज” र “पाराडाइज” मा पनि निरन्तर उठाएकी छिन् ।

बिलभेड सन् १९८७ मा प्रकाशित उपन्यास हो । अपार लोकप्रियताका बाबजूद “न्यु योर्क टाइम्स”ले उत्कृष्ट कृतिको सूचीमा यसलाई नराखेपछि डेड दर्जनजति अफ्रिकी–अमेरिकी लेखकहरूले कृति र कृतिकारको अपार लोकप्रियाताको अन्देखी गरेको भन्दै टाइम्सप्रति लिखित असहमति जनाएका थिए । यसको तुरन्तै पछि उक्त पुस्तकलाई पुलिटजर पुरस्कारबाट सम्मानित गरियो । मोरिसनको लोकप्रियता थप चुलियो ।

“बिलभेड” दासप्रथाको घातक परम्परामा केन्द्रित छ । उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धको समयमा आधारित यो उपन्यासमा सेठी नामकी एक दासी महिलाको कथा बुनिएको छ । अमेरिकी गृहयुद्धदेखि १८७० को दशकको समयावधि समेटेको यस उपन्यासले सेठीको दासत्वदेखि स्वतन्तत्राको यात्रालाई चित्रित गरेको छ, तर यात्राभरि उनलाई विगतका कहरपूर्ण सम्झनाको अभिघातले कसरी पछ्याइरहेको छ, त्यो उपन्यासको अत्यन्त कारुणिक पाटो हो । यो उपन्यासले समेटेको कालावधि गृहयुद्धपछिको समय हुनुले के सङ्केत गर्दछ भने दासमुक्तिपछिको यो समयमा सबै ठीकठाक हुनुपर्ने हो, र अमेरिका रङ्गभेद र दासप्रथाबाट मुक्त भइसकेको हुनुपर्ने हो । तर, काजमा जे छ, जमिनमा छैन । र दासत्वले सिर्जना गरेका सबै कहरहरूको कथा गृहयुद्धपछिका दशकहरूमा पनि जारी छ ।

जानकारहरू भन्छन्, “बिलभेड” सत्यकथामा आधारित आख्यान हो । १८५६ मा केन्टकीको एउटा बगानबाट सपरिवार भागेकी दासी मार्गरेट गार्नरको कथा यस उपन्यासको आधार हो । यसरी भागेर शरण खोजिरहेको यो परिवार पुनः बगान मालिक र प्रकासनको पहलमा पक्राउ पर्नु उनीहरूको अनन्त दुःखको कारण हो । पुनः पक्राउ पर्नुअघि दासत्वको उही भासमा नफसून् भनेर मार्गरेटले आफ्नै शिशु छोरीको हत्या गरेकी थिइन् । “बिलभेड” को केन्द्रीय कथ्य यसै हत्या, यसको कारण र यसपछिको कहरपूर्ण र अभिघातपूर्ण कथाको कारुणिक चित्रणमा आधारित छ । मार्गरेटको सत्य कथामाजस्तो मोरिसनको “बिलभेड” मा पनि सेठी स्कुलटिचर नाम दिइएको एक दमनकारी मालिकको चङ्गुलबाट बच्नका लागि कर्मथलोबाट भाग्छिन्, तर पुनः पक्राउ पर्छिन् । यसैबीच उनले आफ्नी छोरीको हत्या गरेकी हुन्छिन्, र उनको चिहानमाथि “बिलभेड” अर्थात् “प्रिय” लेखेकी हुन्छिन् । उनलाई त त्यस चिहानको ढुङ्गोमाथि “अति प्रिय” लेख्न मन थियो, तर दुई अक्षर खोप्नुको अर्थ ढुङ्गा खोप्ने उक्त कालिगढसँग प्रति शब्द दस मिनटको दरले दुई पल्ट सुत्नुपर्ने हुन्थ्यो, जसका लागि उनीसँग ऊर्जा बाँकी थिएन ।

सेठी पक्राउ त पर्छिन्, र आफ्नै छोरी मार्ने आमा पागल भएको ठहर गर्दै उनको पूर्वमालिकले उनलाई पुनः बगानमा लाँदैन ।
कथामा पूर्वदिप्तीको भरपूर प्रयोग गरिएको छ । उपन्यास १८७३ को समयबाट सुरु हुन्छ जुन बेला सेठी र उनकी किशोरी छोरी डेन्भर ओहायोको ब्लुस्टोनस्थित एउटा घरमा बस्दै आएका हुन्छन् । आफूले सानैमा हत्या गरेकी छोरीको भूतले सेठीलाई निरन्तर सताइरहेको हुन्छ । यसैबीच आफूसँग विगतमा एउटै बगानमा काम गर्ने अर्का दास पल डी उनीसँगै बस्न आइपुग्छन्, र केही समय उनीहरूबीच प्रेम सम्बन्ध पनि चल्छ । यसैबीच आफ्नो नाम “बिलभेड” भएको र आफू सेठीले हत्या गरेकी छोरीको अर्को अवतार भएको दावी गर्दै यस घरमा अर्की एक महिलाको अप्रत्याशित आगमन हुन्छ । उनी घरमा भित्रिएपछि लामो समय सेठीको दिलदिमाग उनकै सम्झना र चासोमै व्यतीत हुन्छ । बस्दै जाँदा बिलभेड नामकी उक्त महिला गर्भवती भएको रहस्य खुल्छ । यसैबीच, सेठीले कुनै बेला आफ्नै छोरीको हत्या गरेकी भन्ने थाह पाएपछि पल डी भने उनको घर छोडेर अलप हुन्छ । सेठीले जागिर गुमाउँछिन् । उनकी किशोरी छोरी भने घरको पर्खाल नाघेर बाहिरी संसारसँग भिक्षा माग्न र आफ्नो र आफ्नी आमाको पेट पाल्न भन्दै निस्किन्छन् । उनलाई सहयोगको प्रस्ताव गर्दै उनको पूर्वमालिक उनलाई लिन आउँदा सेठीलाई लाग्छ, उनलाई कुनै बेला दमन गर्ने त्यही स्कुलटिचर हो त्यो, र बरफ काट्ने हतियारले हिर्काउन पुग्छिन् । गाउँबासी भेला भएर उनलाई रोक्छन् । यसै होहल्लाका बीच बिलभेड त्यहाँबाट आलप हुन्छिन् । उपन्यासले यसअघिको उनको कथालाई रहस्यकै रूपमा छोडेको छ । पल डी पुनः आइपुग्छ, र सेठीको हेरचाहको सम्पूर्ण जिम्म आफूले लिने आश्वासन दिन्छ । डेन्भर भने बहिरी संसारमै बाँच्छ थाल्छिन् ।

विश्व साहित्यमा “बिलभेड” को उपादेयता भनेको दासत्वको कारुणिक र हृदयभेदी चित्रणका लागि हो । यसको प्रभाव दूरगामी छ । उपन्यासमा लामा तर खण्ड–खण्डमा देखिने मनोवादहरूको बाहुल्य छ, जुन यसभित्रका चरित्रहरूको पीडादायी मनोदशाको द्वोतक पनि हो । मोरिसनको सुन्दर भाषा र प्रभावशाली बिम्बको छाप पाठकहरूले सायद कहिल्यै भुल्ने छैनन् । “बिलभेड” को कथालाई सन् १९८८ मा चलचित्र पनि बनाइयो, जसमा बिलभेडको भूमिका ओप्रा विन्फ्रेले निभाएकी छिन् ।
मोरिसनका उपन्यासको बारेमा नोबेल समितिले १९९३ मा भनेको थियोरू “उनका उपन्यासमा दूरदृष्टियुक्त प्रभाव तथा काव्यिक महत्ता” विशेष छ । सिमितिले नै अगाडि भनेको थियो, उनीसँग अमेरिकी यथार्थको एउटा महङ्खवपूर्ण आयामलाई जीवन दिने क्षमता छ । त्यो आयाम भनेको अफ्रिकी अमेरिकीहरूको जीवन हो । अभिनेत्री ओप्रा विन्फ्रेको मत छ, “मोरिसनबिना अमेरिकी परिवेशको कल्पना असम्भव छ । उनी हाम्रो चेतना हुन् । उनी हाम्री द्रष्टा हुन् । उनी हाम्री सत्यवक्ता हुन् ।”

हवार्ड विश्वविद्यायबाट उच्च शिक्षा हासिल गरेकी मोरिसनले प्रिन्स्टन विश्वविद्यालयजस्तो विश्वकै एक ख्यातिप्राप्त विश्वविद्यालयमा प्राध्यापन गरिन्, र त्यहाँ रहँदा उनले प्रिन्स्टन अटेलियर नामक एक कक्षको स्थापना पनि गरिन्, जसमा विश्वभरिबाट आएका जेहेन्दार विद्यार्थीलाई ख्यातिप्राप्त लेखकहरूको सम्पर्कमा ल्याइन्, र प्रशिक्षित गरिन् । यसरी उनले एक साहित्यिक अभिभावकको कम पनि गरिन्, र नयाँ पुस्तालाई हुर्काउनमा योगदान पु¥याएन् । सन् २०१७ मा त विश्वविद्यालयले एउटा भवन नै उनको नाममा बनाइदियो, जसलाई “मरिसन हल” भनियो । उनका धेरे आलेखहरू यस विश्वविद्यालयका स्थायी सम्पत्तिको रूपमा रहेका छन् ।

मरिसनका रचनामा मायवी यथार्थको प्रयोग प्रसस्त रूपमा पाइन्छ । सरस गद्यमा उनले इतिहासका घाउहरूमाथि गरेको अकाट्य दृष्टिक्षेप उनको परिचायक हो । उनले नश्ललाई फगत एक सामाजिक सङ्कथनको रूपमा नङ्ग्याएर छोडिन् । उनले रङ्गभेद र लैङ्गिक विभेदले छोडेका गहिरा मनोवैज्ञानिक घाउहरूलाई सतहमा ल्याएर छोडिन् । उनी भन्ने गर्थिन्, “लेखनको प्रयोजन भनेकै कसैलाई मुक्त गर्नु हो ।” उनको लेखनले, उनकै जीवन कालमा धेरैलाई यस प्रकारको मुक्तिको बाटो देखाएको छ ।

मरिसनको प्रभाव शताब्दिऔँसम्म अनुभव गरिने नै छ । उनका बारेमा केरोलिन डेनार्डले अमेरिकामा रहेका काला जातिका महिलाहरूबारेको एक विश्वकोशमा भनेकी छिन्— “मोरिसनका रचनामा उनले गोरोपन वा कालोपनका ती मानकहरूलाई नङ्ग्याएकी छिन्, जसले अमेरिकाका कालाहरूलाई आफैँलाई चिन्नबाट वञ्चित गरेर राखे । उनका रचनाले ती मानिसहरूलाई बाँच्नका लागि साँचा, मिथकीय र स्मरणीय शब्दहरू दिएका छन् ।” यो भन्दा सुन्दर एउटा लेखको मूल्याङ्कन के हुन सक्ला? डेनार्डले त मरिसनलाई “वैद्य र पैगम्बर, पालक र पथप्रदर्शक” पनि भेनकी छिन् ।

मरिसनको लेखनको अन्तर्यमा विगतको सम्झना एउटा प्रमुख पाटो हो । “बिलभेड” होस् वा “द ब्लुएष्ट आई”, उनी विगतलाई बडो संवेदनशीलताका साथ कोट्याउछिन्, र वर्तमानका घाउहरूको कारक त्यहाँ भेट्टाउँछिन् । नश्लवादको विगत र वर्तमानको निरीक्षण गर्न सायद सम्झनाको भूमिका अहम हुन्छ ।
अफ्रिकी अमेरिकी साहित्यकारलाई विश्वमञ्चमा पु¥याउनमा मोरिसनले खेलेको योगदानका कारण उनी एक जातीय नायक पनि बन्न पुगिन् । मरिसन सम्पादन तथा लेखनको परिदृश्यमा नअउँदासम्म काला जातिको बारेमा लेख्दै नलेखिएको भने होइन । तर त्यस्ता लेखोटहरू कालाजातिभित्र पनि नेतृत्व गर्नेहरूकै कुरामा सीमित थियो । तर सन् १९४० को दशकमा जब मोरिसन “द ब्लेक बुक” को सम्पादन गर्न पुगिन्, पश्चिमा साहित्यको इतिहासमा पहिलोपल्ट कालाजातिभित्रका साधारण नागरिकका कुराले विश्वसाहित्यमा प्रवेश पाउन थाल्यो ।

उनको लेखनको उनका अनुयायीहरूमाथि कति प्रभाव थियो, त्यसको लेखाजोखा गर्न मुस्किल छ । उनको शैलीलाई जीवनपर्यन्त पछ्याएकी अर्की लेखिका ब्रिट बेन्नेट भन्छिन्, “केही लेख्नुपर्दा म मोरिसनले “बिलभेड” मा कसरी लेखिन् भनेर उक्त पुस्तकका चालीस पाना पढ्छु । र हरेक पटक लाग्छ— भो, यस्तो उत्कृष्ट म कहिल्यै लेख्न सक्दिनँ ।” यसरी अरुले कहिल्यै अनुकरण गर्न नसक्ने उचाइकै कारण मोरिसन मानक अमेरिकी साहित्यकारहरूमध्ये यस्तो एउटा आवाज बन्न पुगिन्, जसको सिको गर्न धेरैले खोजे, तर कसैले पनि सकेनन् । उनको आवाज र उपस्थिति अमेरिकी संस्कृतिको एउटा सर्वकालीक हरियाली हो ।

टोनी मोरिसनका दुईवटा भनाइ उनको लेखनकोे मूल्याङ्कन गर्ने आधार हुन् । पहिलो, उनले भनेकी थिइन्— मेरो सबै प्रकारको लेखन राजनैतिक लेखन नै हो । यो भन्नुको तात्पर्य हो, लेखन सशक्तीकरण र स्वतन्त्रतासँग जोडिएको मुद्दा हो । उनले जीवनपर्यन्त लेखेको साहित्यले अफ्रिकी मूलका अमेरिकी नागरिक तथा महिलाहरूमाथि व्याप्त पश्चिमा सङ्कथनको बादल हटाउने काम ग¥यो र उनीहरूलाई स्वतन्तत्राको बोध गराइरहिन् । उनको दोस्रो विश्वास हो— आफ्ना पुर्खाका विरासतलाई अक्षुण्ण राख्नुको दायित्व बोध । अमेरिकामा बस्ने हजारौँ अफ्रिकी मूलका मानिसहरूलाई आफ्नो अफ्रिकाली जग नभुल्न र आफ्ना पितापुर्खाले स्थापित गरेका मूल्यहरूकै सापेक्षतामा आफूलाई चिन्न र परिभाषित गरिरहन उनले प्रेरित गरिरहिन् ।