एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय

38

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् ।

च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रस्ताव गरेका थिए ।

ओलीको उक्त प्रस्तावलाई एमाले केन्द्रीय कमिटी पारित गरेको छ ।

प्रधानमन्त्री देउवालाई ओली निकट ८ जना र माधव नेपाल समूहका गरी २२ जनाले विश्वासको मत दिएका थिए ।

Facebook Comments Box