प्रधानमन्त्री देउवाले पाए संसद्को विश्वासको मत

6

असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत लिएका हुन् ।उनी असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।

देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्षका केही सांसद, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् । एमालेको ओली पक्षले विश्वासको मतको विपक्षमा मत दिएपनि केहीले फ्लोर क्रस गरि देउवालाई साथ दिएका छन् । देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।
आइतबार संसदमा भएको मत विभाजनमा  ओली पक्षका प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् । राप्रपा भने तटस्थ बसेको छ ।