नेपालपक्षको अग्निपरीक्षा ; देलान् त विश्वासको मत ( अङ्कगणितसहित् )

२०७८ श्रावण ३, आईतवार १२:५७

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने  भएका  छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएका  संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएका छन् ।

के, देलान् त नेपाल पक्षले देउवालाई बिस्वासको मत ?

एमालेको अन्तरविरोध चुलिएको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेका छन् । विगतका गतिविधिहरू नियाल्दा नेपाल पक्षले विश्वासको मत दिन सक्ने सम्भावना नै देखिन्छ तर यदि विश्वासको मत  दिएमा नेपाल पक्षलाई यसको ठूलो  घाटा बेहोर्न पर्ने हुनसक्छ ।

त्यसो भएमा नेपाल/ खनाल पक्षले विगतमा पार्टीको हितमा गरेका समूर्ण योगदानहरूले बनाएको आफ्नो लोकप्रियता कार्यकर्ताको दृष्टिबाट निरर्थक देखिन जान्छ र संस्थापन पक्षसँग उनको सम्बध स्थाई रुपमा बिग्रिने देखिन्छ ।

नेपाल/ खनाल पक्षको संस्थापन पक्षसँग भएको १० बुधे समझदारी पनि निरर्थक नै भैसकेको अवस्थामा नेपाल/ खनाल पक्षलाई फेरी नयाँ पार्टीको संरचना तयार पर्ने कुरा पनि असम्भव नै देखिन्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

139 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal