विवाह ढिलो गर्नुको चार फाइदाहरू

एउटा निश्चित उमेरपछि बिहेको प्रेसर बढ्न थाल्छ, आफ्ना उमेरका सबै साथीहरूले आफ्नो बिहेको फोटो सामाजिक सञ्जालमा हालेको देखेपछि प्रेसर झन् दुई गुना हुने गर्दछ ।

हर अभिभावकको चाहना भनेको नै उनीहरूको सन्तानको विवाह एउटा निश्चित उमेरमा राम्रो परिवारसँग होस् भन्ने हो। विवाह गर्ने निर्णय एकदम व्यक्तिगत हुनुपर्ने हो तर त्यसो भएको पाइँदैन । विवाह गर्ने उमेर भएपछि तपाईँको पुरै परिवार तपाईँको विवाह गराउन तिर लाग्ने छ ।

तर ढिलो विवाह गर्नुको पनि आफ्नै फाइदाहरू छन् :

ढिलो विवाह गर्दा जिम्मेवारी बुझ्ने मौका मिल्छ ।

ढिलो विवाह गरेका दम्पतीले एक अर्काको जिम्मेवारी र प्राथमिकताहरू मज्जाले बुझेका हुन्छन् । यस्ता जोडीको स-साना कुरामा झगडा नपर्नुको साथै उनीहरूलाई जीवनमा आफ्नो लागि के राम्रो हो भन्ने कुरा पनि मज्जाले नै थाहा हुन्छ । यो मात्र हैन, ढिलो विवाह गर्ने मान्छेहरू मानसिक रूपमा पनि प्रबल हुन्छन् जसको कारण उनीहरूको सम्बन्ध अझ बुलन्द हुने गर्छ ।

ढिलो विवाह गर्ने जोडीको यौन जीवन राम्रो हुन्छ ।

यदि तपाईको विवाह कुनै गलत मान्छेसँग भयो भने, तपाईँको जीवनको हर इच्छाहरू समाप्त भएर जान्छ । जबकि तपाईँले एउटा असल जीवनसाथी पाउनु भयो भने तपाईँ हर तरिकाबाट तृप्त हुन सक्नु हुनेछ । एउटा अनुसन्धानमा ढिलो विवाह गर्ने मान्छेहरूको यौन जीवन राम्रो भएको पाइएको छ । जसको कारण उनीहरूको सम्बन्ध अझ राम्रो हुने गर्छ ।

ढिलो विवाह गर्ने सम्बन्धमा इमानदारिता हुने गर्छ ।

जब तपाईँ असल जीवनसाथी खोज्ने प्रयासमा हुनुहुन्छ तपाईँ धेरै ठुलो समय, प्रयास, धैर्य र बौद्धिकतालाई खर्च गर्नुहुने छ, जसको कारणले तपाईँलाई त्यो सम्बन्धमा इमानदारिता महसुस हुन्छ । तर जसको विवाह कुनै पर्खाइ र विशेष परिश्रम बिना भएको हुन्छ उनीहरूलाई आफ्नो सम्बन्धको महत्त्व नै थाहा हुँदैन । उनीहरू आफ्नो सम्बन्धमा कहिल्यै गम्भीर नभएको पाइन्छ जसले दाम्पत्य जीवनलाई नर्क बनाइदिन्छ ।

ढिलो विवाह गर्नेहरू आर्थिक रुपमा प्रबल हुन्छन् ।

जो मान्छेहरू ढिलो विवाह गर्छन्, उनीहरू आर्थिक रूपमा सक्षम भैसकेको हुन्छन्, जसको कारणले उनीहरूको सम्बन्धमा पैसा अभावको कारणले हुने मनमुटाब हुँदैन । ढिलो विवाह गरेका हुनाले दुवै जना आर्थिक रूपमा प्रबल हुने सम्भावना बढी हुने गर्छ । तर छिटो विवाह गर्नेहरूमा पैसाको कमी नै उनीहरूको झगडाको मुख्य कारण बनिदिन सक्छ ।