बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने

केपी ओली नेतृत्वको सरकारले गत जेठ १६ गते ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने भन्दै  अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै संसदले जसरी चाहन्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने अर्थमन्त्रीले बताए । प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषयसमेत संसदले तय गर्ने उनले जानकारी दिए । संसद बैठक ३ साउनमा बोलाइएको छ ।